प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई मंगलबार नेपाली कांग्रेसले पनि विश्वासको मत दियो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले रहस्यमय ढंगले प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।
१० पुसमाअघि देउवाले प्रधानमन्त्री बनाउन तयार नभएपछि बालकोट गएका प्रचण्डलाई फेरि देउवाले काखी च्यापेका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र फरक मतका बीचमा पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई विश्वासको मत दिएपछि उनले पार्टीभित्र दुईखाले मत रहेको बताए । उनले भने, ‘कुनै जोडीले भागेर विवाह गरेपछि दुई परिवारको बीचमा फरक विचार आउँदो रहेछ ।
बोलाएर टिकाटालो गर्नुपर्छ या पर्दैन भन्ने विषयमा । तर, बोलाएर टिकोटालो गरेपछि कुनै न कुनै रुपमा सहभागी हुनु पर्ने रहेछ । घरजम छँदा प्रेम टुट्यो । डिभोर्स भइसकेपछि माया बस्यो भन्या जस्तोजस्तै भयो ।’
फरक विचारका बीच निर्णय भएपनि पार्टीको निर्णय इमान्दारपूर्वक पालना गरेको बताए ।