डिआइजी मीरा चौधरीले उपत्यका ट्राफि’क चलाएको बेला डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी सवार गाडीले राजधानीको व्यस्त सडकमा ट्राफिक नियम ठाडै उ’ल्लंघन गरेको छ ।
काठमाडौं रविभवनस्थित निवासबाट शहरतिर जाँदै गरेको अवस्थामा उनको महँगो सवारी साधनले तोकिएको ट्रा’फिक लाइन नाघेर ओभर टेक गरेको हो ।
उनी आफैँ चढेको सवारी साधनले आज बिहान काठमाडौंको टेकुमा उक्त हर्क’त देखाउँदा नजिकै रहेका ट्राफिक प्रहरीसमेत जिल्ल परेका थिए ।
उक्त घटना मंगलबार बिहान साढे ९ बज्दाको हो । रवि भवनबाट कालिमाटी हुँदै थापाथलीतर्फ गएको चौधरीको सवारी साधनले प्रायः यस्तै गर्ने गरेको ट्राफिक प्रहरीहरु बताउँछन् । ‘आज मात्रै होइन,धेरै पटक यस्तो गरेको पाइएको छ,’त्रिपुरेश्वरमा खटिएका एक जना ट्राफिक प्रहरीले गुनासो पोखे । – जनआस्था

