दक्षिण कोरियाले झण्डै २७ हजार कामदार देशमा भित्र्याउन लागेको छ । सन् २०२३ को मध्यावधीसम्म कोरियाले देशभरका १२४ स्थानीय तहमा २६ हजार ७८८ जना मौसमी कामदार भित्र्याउने भएको हो।
न्याय मन्त्रालय र कृषि खाद्य तथा ग्रामीण मन्त्रालय जस्ता सम्बन्धित मन्त्रालयको संयुक्त छलफलमा गत डिसेम्बर १३ तारिकको दिनमा सार्वजनिक गरेको निर्देशीकाले २०२३ को मध्यावधिसम्म झण्डै २७ हजार अर्थात् २६ हजार ७८८ जना मौसमी कामदार भित्राउने भनेर पुष्टि गरेको हो।
नोभेम्बर ३० सम्मको डाटालाई आधार मान्दा देशभरका ११४ स्थानिय निकायमा १९ हजार ७१८ जना मौसमी कामदार आवश्यकता रहेको पुष्टि भएको छ । त्यस्तै, अहिलेसम्म ९८ स्थानिय निकायमा ११ हजार ३४२ जना मौसमी कामदारहरु खटाईएको छ ।
२०२३ को लागि मौसमी कामदारको उमेर हदलाई परिवर्तन गरिएको छ । यस अगाडि ३० बर्षदेखी ५० बर्षकोले मात्रै आवेदन दिन पाउनेमा अबदेखी २५ बर्षदेखी ५० बर्ष सम्मकोले आवेदन दिन पाउनेछन ।
२०२२ मा ५ मुख्य स्थानमा ब्यबस्थापनको जिम्मे, दिईएकोमा यो बर्ष बढाएर ९ स्थानलाई जिम्मेवारी दिइनेछ भने एक कम्पनी अथवा फर्मले बढिमा ५ जनासम्म मैसमी कामदार राख्न मिल्नेछ ।
यसैबीच, पछिल्लो समय दक्षिण कोरियामा कामदार अभावको समस्या देखिन थालेको छ । यसलाई कम गर्न कोरियाले नयाँ नियम ल्याउने भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया आएका कामदारले नयाँ नियम अनुसार एकै पटक १० वर्ष कोरियामा काम गर्न सक्ने छन् । अहिलेको नियम अनुसार पहिलो पटक ३ वर्ष र कम्पनीले चाहेमा थप दुई वर्ष १० महिना मात्रै काम गर्न सक्छन् ।
कमिटेड कामदारको रुपमा कम्पनीले दास्रो कार्यकाल ल्याउन चाहे थप ४ वर्ष १० महिना नै बस्ने व्यवस्था छ । कमिटेड कामदारको लागि केही समयअघि नियम सुधार गरेर घर जानुभन्दा पहिले निरन्तर एउटै कम्पनीमा एक वर्षभन्दा बढी काम गरेको हुनुपर्थ्यो ।
४ वर्ष १० महिना नै एउटै कम्पनीमा काम गरे मात्रै कमिटेड कामदारको रुपमा आउन पाउने नियम थियो ।

