राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उप-प्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहीबार चितवन जान लागेका छन्। मन्त्री लामिछाने बुद्ध एयरमार्फत बिहीबार चितवन जान लागेका हुन्।
लामिछानेका सचिवालय संयोजक दीपक बोहराले चितवन जान लागेको जानकारी दिएका छन्। चितवन जाने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधरणसँगै बसको यात्रा गरेका छन्।
विमानस्थलको धवनमार्गदेखि जहाज भएको स्थानसम्म पुग्नका लागि लामिछानेले सर्वसाधरण चढेको बसमा यात्रा गरेका छन्। लामिछाने बसमा सवार भिडिओ सार्वजनिक गर्दै बोहराले भनेका छन्, ‘चितवन जाँदै छौं।’
भिडिओमा लामिछानेले सर्वसाधरणसँग गफ गरेको सुनिन्छ। सोही बसमा रहेकी एक महिलाले लामिछानेप्रति आफूहरुलाई आश भएको भन्दै प्रशंसा गरेकी छिन्। ‘अब राम्रो गरेर देश बनाउनपर्छ हामी बाँच्दै !’ उनले भनेकी छिन्।
साथै, ती महिलाले राजादेखि राष्ट्रपतिसम्म भोगेको भन्दै घन्टौं लाइनमा बस्नपरेको बताएकी छिन्। जवाफमा गृहमन्त्री लामिछानेले ‘सँगै हिँड्ने’ प्रतिवद्धता जनाएका छन्।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामिछाने आज चितवन जान लागेका हुन् ।

