क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रि’हा गर्न आदेश दिएको छ। जिल्ला अदालतको आदेश बदर गर्दै शर्तसहित उच्च अदालतले २० लाख रुपैयाँ ध’रौटीमा लामिछानेलाई रि’हाको आदेश दिएको हो।
लामिछानेलाई अदालतले स्थान हद समेत तोकेको छ। विदेश यात्रामा रोक लगाएको छ भने उपत्यकाबाहिर जान प्रहरीसँग लिखित अनुमति लिनुपर्नेछ।
लामिछानेले पीडित, परिवारका सदस्य समेतविरुद्ध कुनै पनि टिकाटिप्पणी गर्न पाउने छैनन्। सामाजिक सञ्जालमा समेत यस्तो प्रचारलाई रो’क लगाइएको छ।
निषेधात्मक आदेशमा अदालतले पी’डित र परिवारका सदस्यसँगको भेटलाई पनि बन्देज लगाइको छ। कुनै पनि माध्यमबाट भेृट तथा ड’र ध’म्की दिएमा धरौ’टी आदेश तत्कालै रद्द हुनेछ।
अदालतले लामिछानेको मोबाइल नि’गरानीको अधिकार प्रहरीलाई दिएको छ। मोबाइलको संवादको सुरक्षित अभिलेख राख्नेसम्मको अधिकार प्रहरीले पाएको हो। यस्तो अभिलेख अदालतले माग गरेमा उपलब्ध गराउन समेत आदेशमै उल्लेख छ।
मु’द्दाका सन्दर्भमा कानुन व्यवसायीले पक्ष वा विपक्षमा हुनेगरी कुनै पनि विचार सञ्चार माध्यममा व्यक्त गर्न पाउने छैनन्। यस्तो टिप्पणी नहुनेमा कानुन व्यवसायीसँग अदालत विश्वस्त रहेको आदेशमा उल्लेख छ।
सञ्चार माध्यमको हकमा पनि विचाराधीन विषयलाई प्रभाव नपार्ने गरी सूचना सम्प्रेषणको अपेक्षा अदालतले गरेको छ।
अदालते शीघ्र रुपमा मु’द्दा टुंग्याउन र शर्त बन्देज नमाने थु’नामै राखेर सुरु अदालतमा मु’द्दाको किनारा हुने पनि आदेशमा उल्लेख गरेको छ।

