त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा दिएको एक वर्षपछि नतिजा सार्वजनिक गरेको छ । त्रिविले बीबीएस चौथो वर्षको नतिजा बिहीबार सार्वजनिक गरेको हो । एक वर्षअघि परीक्षा सञ्चालित व्यवस्थापन संकायको नतिजा बिहीबार सार्वजनिक भएको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुले बीबीएस चौथो वर्षको परीक्षा अघिल्लो वर्ष पुस र माघ महिनामा सञ्चालन गरेको थियो ।
उक्त परीक्षाको नतिजा त्रिबिले आफ्नो वेभसाइटबाट हेर्न मिल्नेसमेत जनाएको छ ।
यस्तै, शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको चार जिल्लाको नतिजा प्रकाशित गरेको छ। बुधबार बेलुकी एक सूचना जारी गर्दै आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित भएको जनाएको हो।
आयोगले मिति २०७८ / १२ / १९ र २०७९-०३-१३ प्राथमिक तहको खुला प्रतियोगितात्मक लिखित ( सामान्य र विषयगत) परीक्षा लिएको थियो। प्रकाशित नतिजा अनुसार सफल उम्मेदवारहरूलाई तोकिएको समयमा अन्तर्वार्तामा उपस्थित हुन् पनि अनुरोध गरेको छ। आयोगको मिति २०७९ र ०९ र २७ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो ।