बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन गए। चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामिछाने बुद्ध एयरमार्फत बिहीबार चितवन जान लाग्दा उनी बसमा चढे । तर, त्यहाँ उनी उभिएर नयाँ सन्देश दिन खोजेका हुन् वा उनलाई उननै सहज भएको हो बुझ्न सकिएन ।
लामिछानेका सचिवालय संयोजक दीपक बोहराले सार्वजनिक गरेको भिडियोमा उनी चितवन जाने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणसँगै बसको यात्रा गरे। अगाडी सिट खाली चँदाछँदै देशको गृहमन्त्रीले उभिएरै किन यात्रा गर्यो भन्दै केहीले आलोचना गर्दा केहीले प्रशंसा गरेका छन् । रविले भीआइपि सवारी प्रयोग गरेनन् ।
विमानस्थलको धवनमार्गदेखि जहाज भएको स्थानसम्म पुग्नका लागि लामिछानेले सर्वसाधारण चढेको बसमा यात्रा गरेका छन्। लामिछाने बसमा सवार भिडिओ सार्वजनिक गर्दै बोहराले भनेका छन्, ‘चितवन जाँदै छौं।’
भिडिओमा लामिछानेले सर्वसाधारणसँग गफ गरेको सुनिन्छ। सोही बसमा रहेकी एक महिलाले लामिछानेप्रति आफूहरुलाई आश भएको भन्दै प्रशंसा गरेकी छिन्। ‘अब राम्रो गरेर देश बनाउनपर्छ हामी बाँच्दै!’ उनले भनेकी छिन्।
साथै, ती महिलाले राजादेखि राष्ट्रपतिसम्म भोगेको भन्दै घन्टौं लाइनमा बस्नपरेको बताएकी छिन्। जवाफमा गृहमन्त्री लामिछानेले ‘सँगै हिँड्ने’ प्रतिवद्धता जनाएका छन्।

