क्रिकेटर सन्दीप लामिछाने शुक्रबार ९९ दिनपछि खुला आकाशमुनी फर्किएका छन् । उनी २० लाख धरौ’टीमा अदालतको ५ बुँदे शर्तसहित शुक्रबार थु’नामुक्त भएका हुन् ।
थु’नामुक्त भएका सन्दीपको स्वागत गर्न उनका फ्यानहरु कारागार नै पुगेका थिए । थु’नामुक्त भएका सन्दीपलाई कहिले क्रिकेटमा फर्किने भन्ने प्रश्नमा उनले चाँडै फर्किने जवाफ पनि फर्काए ।
थु’नामुक्त हुँदै गर्दा उनलाई सोधियो– ‘सन्दीप तपाईं कहिले क्रिकेटमा फर्किनुहुन्छ ?’ उनले भने, ‘भेरी सुन, भेरी सुन । बिस्तारै टाइम हेर्दैछु ।’
इजलासले १९ पन्ने जारी गरेको आदेशअनुसार सन्दीप ध’रौटीमा रि’हा भएका छन् । यदि १९ पन्ने आदेशको १७ पन्नाको ५ बुँदे आदेश पालना नगरे फेरि सन्दीप थु’नामा जाने छन् ।
यी हुन् ५ शर्तहरु
१. बुँदा ‘क’ मा मु’द्धाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । साथै, सन्दीपको राहदानी रोक्का राख्न गृह मन्त्रालयलाई पत्रचार गर्न पनि आदेशमा भनिएको छ ।
२. उक्त आदेशको बुँदा ‘ख’मा मु’द्धाको विषयमा कुनै पनि सामग्री विद्युतीय वा सार्वजनिक सञ्चारमाध्यममा प्रकाशन, प्रसारण गर्न नपाइने भनिएको छ ।
३. बुँदा ‘ग’ मा पी’डित किशोरी र उनको परिवारसँग सम्पर्क, भेटघाटमा नरहन आदेशन दिइएको छ ।
४. काठमाडौं उपत्यका छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ भने जाने र छाड्ने मिति पनि यकिन गर्न भनिएको छ ।
५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं निजको मोबाइल नम्बर, मोबाइल नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सोसँग सम्बन्ति सामग्री वा विवरणको सञ्चार अभिलेख गर्नका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ।
त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गो’प्यता भं’ग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।