उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शनिबार माइतिघर पुगेका छन् । नेपालगन्जकी निर्मला कुर्मीको अपह’रण र बे’पत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई भेट्न उनी त्यहाँ पुगेका हुन्।
भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे। यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए।
निर्माला कुर्मीको अ’पहरण र बेप’त्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नाता रहेको आरोप छ। लामिछानेले जोसुकैको सम्लग्नता भए पनि दो’षीलाई का’रबाही गरेरै छाड्ने बताए।
उनले भने, मलाई नेपाली जनताले अपेक्षा गरेर पठाएका छन्। मैले आफ्नो स्वाद अनुसारले न्याय अन्याय छुट्याउने र अनुसन्धानमा प्रभाव गर्ने गर्न पाउँदिन। तपाईँको मागमा कुन ढंगले अनुसन्धान अगाडि बढ्छ भनेर हेरिरहेका छौँ।
अघिल्लो पटक भएको कमी कमजोरीले न्याय निरूपणमा ढिलाइ भयो कि। त्यो कमजोरीहरूलाई पनि सच्चाउनु छ।’

