कांग्रेस नेतृ डा. आरजु राणा देउवा नयाँ दिल्ली हान्निएकी छिन् । कांग्रैस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनी दिउँसो नेपाल एअरलाइन्स आरए २१७ नम्बरको उडानबाट दिल्ली गएकी हुन् ।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक सांसदसमेत रहेकी आरजु दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गरेको बताइएको छ ।
काँग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी मानिने आरजुको पछिल्लो पटक शेरबहादुर प्रधानमन्त्री हुँदाका बेलादेखि दिल्ली आउजाउ बढेको थियो । भारतीय संस्थापनसँग सम्बन्ध सुधारका लागि देउवाले पत्नीमार्फत भाजपाका विभिन्न नेतासँग संवाद शुरु गरेको त्यतिबेलै चर्चा थियो ।
भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई जनैपूर्णिमाका दिन बालुवाटारमा बोलाएर राखी बाँधिदिएपछि सम्बन्ध सुधारको सुरुआत भएको र त्यसैको निरन्तरताका रुपमा अहिले आरजुको दिल्ली आउजाउ हुने गरेको कांग्रेसकै कतिपय नेताले बताउने गरेका छन् ।
चुनावअघि आरजु स्वास्थ्य उपचारका लागि दिल्ली पुगेकी थिइन् ।

