प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका छन् । उनी बिहानको खाना उतै खाने गरी बालकोट गएका हुन् ।
मन्त्रिपरिषद विस्तारसहित सभामुख र राष्ट्रपति पदमा प्याकेजमै सहमति खोज्ने अडान राखेका प्रचण्डले मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुको विभागीय जिम्मेवारी बाडफाँट गरेका छैनन् । यसअघि पटक पटकका छलफलमा सहमति नहुँदा दाहाल–ओलीबीच संशय पैदा हुन थालेको थियो ।
दुई नेताबीच सम्बन्ध चिसिएको विश्लेषण सुरु हुँदा दाहाल भने आज आफैँ ओली निवास सँगै खाना खानेगरी गएका छन् ।
प्रधानमन्त्रीमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि त्यसमा खेल हुन लागेको भए सफल नहुने जवाफ एमाले अध्यक्ष ओलीले दिएका थिए ।