उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउन लागेको छ । उसले गृह यसअघि नै पाइसकेको छ ।
रास्वपाले तीन मन्त्रालय पाउन लागेको हो । रास्वापाका एक नेताका अनुसार गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।
रास्वपाका सभापति रवि लामिछाने उपप्रधाान तथा गृहमन्त्री भइसकेका छन् । अब श्रम र शिक्षा मन्त्रालयमा कसलाई पठाउने भन्नेमा रास्वपा आन्तरिक छलफलमा जुटेको छ ।
‘श्रम र शिक्षा पाउने भएका छौँ । मन्त्रीको नाम ५ बजेसम्म टुंगो लगाउँछौँ,’ रास्वपाका एक नेताले भने । पार्टीका प्रवक्ता मुकुल ढकाल भने अहिले निर्णय नभइसकेको बताउँछन् । ‘छलफलमा छौँ, निर्णय भएको छैन,’ उनले भने ।

