भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको इन्धनको नयाँ मूल्यसूचीमा पेट्रोलमा बढाएर पठाएको छ । आईओसीले हरेक १५ दिनमा पठाउने यस्तो मूल्यसूची हरेक अंग्रेजी महिनाको १ र १६ तारेखमा पठाउने गरेको छ ।
यस्तो नयाँ मूल्यसूचीअनुसार आयल निगमलाई आईओसीले यसपटक पेट्रोलमा बढाएर पठाएको छ । आईओसीले पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढाएर पठाएको आयाल निगमले जानकारी दिएको छ ।
निगमका अनुसार डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । पेट्रोलमा बढेको र डिजेल तथा मट्टितेलमा घटेको मूल्यअनुसार नेपालमा समायोजन गर्ने अधिकार आयल निगमलाई छ । निगमले भोलि नयाँ मूल्यसूची सार्वजनिक गर्ने बताएको छ ।