राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता भागबण्डामा उपसभामुख पाएको छ । रास्वपाले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पाएको स्रोतले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको छ । स्रोतका अनुसार शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्यालको सम्भावना छ ।
रास्वपाले एक राज्यमन्त्री पाएको छ । पार्टीले उपसभामुख पनि पाउने पक्का भएको सभापति लामिछानेले पार्टीका नेताहरुलाई जानकारी दिएका छन् ।
उपसभामुखको निर्वाचन ७ माघमा हुनेछ । सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ । रास्वपामा उपसभामुखको दावेदार सोविता गौतम हुन् ।
५ माघमा हुने सभामुखको निर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि हुनेछ । एमाले उच्च स्रोतका अनुसार झापा २ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ ।
सभामुखका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र सांसद विद्या भट्टराई पनि दावेदार हुन् । तर ओलीले घिमिरेलाई बनाउने संकेत गरेका छन् ।

