नेकपा माओवादी केन्द्रबाट सांसद सुदन किराती संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री बन्न लागेका छन् । मन्त्री बन्ने भएपछि उनले अस्पतालमा उपचाररत बुवालाई फोन गरेर आफू मन्त्री बन्न लागेको सुनाएका छन् ।
बुवाले आश्चर्य मान्दै त कसरी मन्त्री भइस् भन्दै प्रश्न गरेको उनले सार्वजनिक गरेका छन् । फेसबुकमा उनले बुवासँग गरेको कुराकानीको अंश राखेका छन् ।
यस्तो छ कुराकानिको अंश
डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भनेँ ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । (संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहिँ कसरी भइस ? कसले गर्दा भइस् ?
म – पहिलो त तपाईहरूले जन्माउनुभयो, दोश्रो त मैले धेरै राजनीतिमा दुःख गरेँ, तेश्रो जनताले माया र भरोसा दिए, चौथो पार्टीले विश्वास ग¥यो ।
बुवा– राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईंमा म’रेको भएँ यो दिन सुन्न र देख्न पाउँदिनँ थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
बुवा– हाम्रो बंशमा वडा अध्यक्षसम्म कोही भएनौं राम्रो गर्नू ।
म – पाउनु ठूलो कुरा होइन काम गर्नु ठूलो कुरा हो । म मेहनेत गर्छु ।
आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामीसंगै हुन पाएको भए …… ।
बुवा – म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……… ! सम्झे !
बुवाले मलाई जे’लमा भेट्न आउँदा पनि उ बेला धेरै रु’नु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक ।

