नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको छ । नेपाल टेलिकमको मोबाइल सेवामा आज देशभर नै समस्या आएको हा । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।
उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।
टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन । टेलिकमको नेटवर्कमा फोन नलाग्ने, डाटा नचल्ने र एसएमएससमेत नजाने समस्या देखिएको सेवाग्राहीहरुले बताएका छन् । कतिपय सेवाग्राहीको सिमकार्ड स्लटमै इरर चिह्न देखिने समस्या रहेको पाईएको छ ।

टेलिकमको नेटवर्कमा मंगलबार यस्तो समस्या हल हुने र पुनः समस्या दोहोरिने देखिएको छ । यसबारे टेलिकममा बुझ्न खोज्दासमेत नेटवर्कले काम गरेको छैन ।

