कालिञ्चोक दर्शन लिमिटेडको आइपिओ निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आज ९मंगलबार० देखि सर्वसाधारणका लागि आइपिओ जारी ग्रेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा जारी गरेको हो।
कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।
सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा छुट्याएको छ। सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आइपिओ खरिदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ।
उक्त आइपिओ छिटोमा माघ ६ गतेसम्म बिक्री खुला रहनेछ भने छिटोे अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ।