काठमाडौँ । सत्ता गठबन्धनले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ । योसँग पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटका २३ जना मन्त्री भएका छन् । २ मन्त्रालय स्वयम प्रधानमन्त्री प्रचण्डले नै राखेका छन् ।
यसैबीच, आज शपथपछि पशुपतिनाथ मन्दिरको दर्शन गरी पदभार ग्रहण गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा थिए राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन । उनी पदभार ग्रहण गरेपछि कर्मचारीहरुसँग छलफमा व्यस्त थिए ।
सोही बेला राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही लिङ्देनलाइ बधाई दिन मन्त्रालय पुगेका थिए। तर, मन्त्री व्यस्त रहेको थाहा पाएपछि उनी बाहिर फर्किए । फर्किने बेला शाहीलाई पत्रकारहरुले उनी मन्त्री नबनेकोबारे चाँसो राखे ।
जवाफमा शाहीले अहिले राप्रपाबाट उपाध्यक्ष र महान्त्रीहरुको पालो भएको र यसपछि प्रवक्ताको पालो आउने बताए । आफूले तातो खान नचाहेको उनको भनाई थियो । पत्रकारहरुले शाहीलाई माघमा बिहे गर्न लागेको भन्ने कुरा राख्दा त्यहाँ हाँसोको फोहोरा छुट्यो । शाही हँसिलो देखिन्थे । उनी जवाफै नदिई गृह मन्त्रालयको गेटतिर गए ।
यी हुन् आज नियुक्त मन्त्रीहरुः



