सुरूमा बिना विभागीय मन्त्री बनाइएका एक नेताले आज पदभार सम्हाल्न अस्विकार गरेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण वहिष्कार गरेका हुन् ।
मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्।
जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो। पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी एमालेका नेता दामोदर भण्डारीले सम्हालेका छन् ।

