माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज पूर्णता पाएको छ । प्रचण्ड’ नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री राखिएको छ ।
सत्ता गठबन्धनका दलहरुमा एमालेबाट बिष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका हुन्।
चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका थिए भने लिङ्देनले मंगलबार सपथ लिए। राष्ट्रपति कार्यालयद्धारा जारी सूचनामा मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्।
गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा छन्। यसरी सूची हेर्दा राजेन्द्रभन्दा रवि लामिछाने माथि देखिएका छन् ।
हेर्नुस् सूचीः



