राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टा’चार गरेको आ’रोपमा विशेष अदालतमा दायर मु’द्दामा स’फाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् ।
उनले मंगलबार पद तथा गोपनीयताको सपथसँगै पदभार समालेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाण्डेविरु’द्ध विशेष अदालतमा भ्रष्टा’चार मु’द्दा दायर गरेको थियो।
विशेष अदालतबाट पाण्डेका पक्षमा भएको फैसलाप्रति अस’न्तुष्ट अख्तियार पुनरावेदनमा जाने तयारी गरिरहेकै बेला ठेकेदार कम्पनीका मालिकसमेत रहेका पाण्डे सहरी विकासमन्त्री भएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकटमा चितवन निर्वाचन क्षेत्र ३ बाट निर्वाचित पाण्डे कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा ‘क’ वर्गका ठेकेदार हुन् ।
गत असार ६ गते विशेष अदालतले पूर्व वनमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनालाई भ्रष्टा’चार मु’द्दामा सफाइ दिएको थियो । यता, पाण्डे मन्त्रीसँगै पुनरावेदन गर्ने अख्तियारको तयारी छ । यो समाचार नागरिक दैनिकमा छ ।

