नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अहिले स्वास्थ्य उपचार गरिरहेका छन् । हिजो उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
उपराष्ट्रपति पुनले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनको सचिवालयका अनुसार पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग उनको अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन्। नेता पुनको स्वा’स्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।
वंशाणुगत ज’ण्डिशबाट पी’डित पुनलाई रो’ग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचा’रका लागि चीन गएका थिए। उनी उप’चारपश्चात पौष ५ गते नेपाल फर्किएका हुन्।
पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सि’न्ड्रोम’ भनिन्छ। यसअघि गत वर्ष पनि रो’गले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उप’चार गरिएको थियो।

