राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य तथा राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई पार्टीको प्रमुख सचेतकमा नियुक्त गरेका छन् । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शाही मन्त्रीका आकांक्षी थिए । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।
आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट बनेका थिए । राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन् । सोही कारण अध्यक्ष लिङ्देनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
शाहीले हिजो पत्रकारहरुसँग कुराकानी गर्दै अहिले पार्टी उपाध्यक्षहरुलाई सरकारमा लगेको र अब महामन्त्री र प्रवक्ताको पालो आउने बताएका थिए ।


