आगामी चुनाव पनि नलड्ने घोषणासहित एक प्रधानमन्त्रीद्धारा अर्को महिना राजीनामा दिने बताइएको छ । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी हुन् ।
बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् ।
उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ ।
न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन । आर्डर्नले आफ्नो भविष्यबारे केही समयपछि सोच्न प्रतिक्रिया दिएकी छिन् । सन् २०१७ मा प्रधानमन्त्री पद सम्हाल्दा उनी ३७ वर्षकी थिइन् । उनी त्यतिबेला विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनेकी थिइन् ।
आफ्नो कार्यकालमा उनले को’रोना महा’मारी, क्राइस्टचर्च म’स्जिदमा गो’ली हाना’हान जस्ता धेरै चुनौती व्यहोरिन् ।