नेपाली कांग्रेसद्धारा सभामुख निर्वाचन प्रक्रिया रोक्न माग गरिएको छ । प्रतिनिधिसभाको जारी बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो माग गरेका हुन् ।
उनले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना’प्रति सरकारले संसदमा कुरा नउठाएको प्रति आपत्ति जनाउँदै रुलिङको माग गरे । उनले आजको कार्यसूची स्थगित गरेर भए पनि जहाज दुर्घ’टनाबारे जानकारी गराउन माग गरे ।
नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपालाई प्रतिपक्षी दल घोषणा गर्न माग गरेका छन् । प्रतिनिधिसभामा नेमकिपाबाट एकजना सांसद छन्। उनले संसद बैठक स्थगित गरेर भए पनि विप’क्षी दल नेता तोक्न माग गरेका छन्।
आजको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि निर्वाचन हुने कार्यसूची छ । कांग्रेसको यस्तो मागपछि सभाध्यक्ष पशुपतिशमशेर राणाले सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ दिन समय दिएका थिए ।

