राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालबारे मुख खोलेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै लामिछानेले कुनै मेनपावर कम्पनीमा रहेको जानकारी पाए उनलाई कार’बाही गर्ने बताएका हुन्।
गृहमन्त्री लामिछानेले श्रममन्त्री कुनै मेनपावर कम्पनीमा संल’ग्न रहेको जानकारी दिएमा कार’बाही गर्ने बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले कहाँ संलग्न भएको हो भनेर देखाउन भनेका थिए।
‘उहाँ कुन मेनपावरमा हुनुहुँदो रहेछ। संलग्नता भएको कागजपत्रहरू होला। रजिस्टर गरिएको होला। शेयरधनी लागत होला त्यति त मलाई भनिदिनुभएको भए थाहा हुन्थ्यो,’ उनले भने, ‘उहाँले स्पस्टीकरण समेत दिइसक्नुभयो।
कहीँ न कहीँ त दर्ता होला। त्यस्तो मैले देखेको छैन। देख्नुभएको छ भने मलाई खबर गर्नुस् न। सबैभन्दा पहिला कार’बाही मै गर्छु।’

