मेनपावर व्यवसायीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएको भन्दै आलोचित भइरहेका डोलप्रसाद अर्यालको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उत्रिएका छन् । उनले स्वार्थ बाझिने गरि आफ्नो पार्टीले मन्त्री सिफारिस नगरेको दाबी गरेका हुन् ।
संसद भवन बाहिर बिहीबार उनले मेनपावर व्यवसायीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएको भन्दै सार्वजनिक आलोचना भैरहेका बेला आफ्नो निर्णयको बचाउमा यस्तो दावी गरेका हुन् ।
रास्वपाले कन्सल्टेन्सी सञ्चालक डोलप्रसाद अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएको भन्दै त्यस पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको चर्को आलोचना भैरहेको छ । त्यसबारे आज एक जना पत्रकारले प्रश्न गरेपछि उनले अर्याल मेनपावर व्यवसायी नभएको घुमाउरो जवाफ दिए ।
कुन म्यानपावरमा हो जानकारी दिन आग्रह गरेका उनले संलग्न भएको पाइएमा का’रबाही गर्ने बताए ।

