राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्। ‘त्यस्तो पाए कार’बाही गर्ने’ अभिव्यक्ति समेत दिएका छन्।
तर, बिहीबारसम्म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो। म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको र यसमा स्वार्थ बाझिने कुरा व्यापक भएपछि उक्त साइट दिउँसो बन्द गरियो।
त्यहाँ भएका अर्यालका नाम र तस्बिर हटाइयो। पुनः खुलाइयो। यसलाई मन्त्री अर्यालले ‘त्यहाँका साथीहरूले सल्लाहकारका रूपमा राखिदिएको’ प्रस्टीकरण दिएका छन्। तर, त्यही कम्पनीका एक सञ्चालकले उनले अन्तर्राष्ट्रिय बजार निर्देशकका हैसियतमा थुप्रै देशमा डिल गर्दै आएको जानकारी दिए।
जापान बसेर फर्किएको, भाषा र सम्पर्कसमेत भएको कारण उनले मुख्यतः जापानको रोजगारी ‘ह्यान्डिल’ गरेका थिए। ती सञ्चालकका अनुसार अर्यालले जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्थे।
तर, सृष्टिबाट कामदार लिने जापानको कम्पनीले बढी शुल्क उठाएको भन्दै जापान सरकारले कामदार लैजान प्रतिबन्ध लगाएपछि सृष्टिले जिट्कोअन्तर्गत कामदार पठाउन बन्द भएको थियो।
अर्यालले ‘डिल’ गरेर कामदार पठाउने सृष्टि म्यानपावरवि’रुद्ध वैदेशिक रोजगार विभागमा उ’जुरीसमेत परेको पाइएको छ। विभागका अधिकारीका अनुसार, पीडित सम्पर्कमा नआएकाले यसलाई तामेलीमै राखिएको छ।
पी’डित प्रमाणसहित आएमा अनुसन्धान अघि बढ्ने विभागका एक पूर्व महानिर्देशक बताउँछन्। ‘तामेली च्याप्टर क्लोज होइन। उ’जुरीकर्ता प्रणाणसहित जहिल्यै आएमा प्रक्रिया अघि बढ्छ’, ती पूर्वमहानिर्देशकले बताए। विभागका अनुसार पछिल्लो समयमा कम्पनीको सञ्चालक लक्ष्मण कोइराला र लेखनाथ भण्डारी छन्। अन्नपूर्ण पोस्ट्मा खबर छ ।


