मलेशियाको क्लालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण हुन नसकेपछि अन्तै डाइभर्ट भएको छ । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि आरए–४१६ विमान डाइभर्ट गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।
नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।
आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ । यसैबीच बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान पनि झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको हो ।
भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।

