राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मौनतामाथि पार्टीका नेता गणेश कार्की बालेका छन् । व्यक्ति ह’त्याको आ’रोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद प्रतिनिधिसभा बैठकमा खुलेआम सहभागी हुँदासमेत कानुन कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आमतहमा आलोचित गृहमन्त्री लामिछानेको क्षमताप्रति उनकै पार्टीका नेता गणेश कार्कीले शंका गरेका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अभियुक्तलाई प’क्राउ गर्न आनाकानी गर्नुको कारणसमेत सोधेका छन् । ‘कोइरी थु’नामा नहुनु दण्डहीनताको प्रश्रय हो र हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थु’नामा पठाउन नसक्नु तत्कालका लागि असक्षमता हो भन्नलाई धेरै बेर सोच्नुपर्दैन’, उनको तिखो टिप्पणी छ ।
अदालतले द’ण्ड तोकेको व्यक्ति संसद् भवनमा नभई थु’नामा हुनुपर्ने उनको भनाइ छ । साथै, कार्कीले लामिछानेलाई निरीह गृहमन्त्री नबन्न सुझावसेमत दिएका छन् ।
मधेस आन्दो’लनका बेला एकजना प्रहरीको ह’त्या गरेको आरो’पमा उच्च अदालत जनकपुरले एमाले सांसद महतोलाई थु’नामा राखेर मु’द्दा चलाउन आदेश दिएको थियो । तर, अदा’लतको आदेश अवज्ञा गर्दै चुनाव जितेका महतो अहिले निर्वाध संसद बैठकमा सहभागी भइहेका छन् ।

