धरानका नगरप्रमुख हर्क साम्पाङलाई अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता जितु नेपालले रुद्राक्षको बिरुवा दिएका छन् । सोही चलचित्रका अभिनेता जितु नेपाल र निर्देशक कपिल रिजालसहित उनले सो बिरुवा मेयर साम्पाङलाई प्रदान गरेकी हुन्।
आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’लाई प्रवर्दधन गर्न धरान पुगेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले धरानका नगरप्रमुख हर्क साम्पाङलाई एक सयवटा रुद्राक्षको बिरुवा हस्तान्तरण गरेकी छन् ।
‘ह्यारीकी प्यारी’का निर्देशक कपिल रिजाल चर्चित डा। भोला रिजालका छोरा हुन्। साम्राज्ञी र जितुको मुख्य भूमिका रहेको चलचित्र यहीँ माघ २० गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ ।
दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्। कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ। सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।
बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

