प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आसनबाट नउठेपछि ल’फडा भएको छ । नेपाली काँग्रेसले मधेस आन्दो’लनका श’हीदहरुप्रति हिजोको प्रतिनिधिसभा बैठकमा श’हीदको सम्मानमा मौनधारण भैरहँदा प्रधानमन्त्री आफ्नो आसनबाट नउठेको भन्दै आवाज उठाएको हो ।
काँग्रेस मधेसका सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीसहित केही सांसदहरुले शही’दको सम्मानका लागि मौनधारणको अनुरोध अस्वीकार गरेको आरो’प लगाए ।
उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मधेश बलि’दानी दिवसका अवसरमा मधेश आ’न्दोलनका शही’दहरुको सम्मानका लागि प्रतिनिधिसभा सदस्य सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायत कतिपय सांसदहरुले अवज्ञा गर्नु दुःखद छ ।’
सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्षसमेत रहेका राउतले मधेशी श’हीदहरुको सम्झानामा एक मिनेट मौन धारणा गर्न सांसदहरुलाई अनुरोध गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डलगायत केही मन्त्री र सांसदहरु आसनबाट उठेका थिएनन् । त्यसलाई काँग्रेस सभापति यादवले सत्ता र सत्तासिन राजनीतिक दलहरुले अझैँ पनि मधे’शी आ’न्दोलनलाई मान्यता दिन नचाहेको रुपमा लिए ।
‘यो घटनाबाट हाम्रा शासकहरु मधेशका शहि’दहरुप्रति समेत वैरभाव राख्छन् भनेर प्रष्ट हुन्छ’, विज्ञप्तिमा भनिएको छ,‘मधेश आन्दो’लनका श’हीदहरुप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हठ्ठी रवै’या मधेश र मधेशी जनताप्रतिको अप’मान पनि हो ।’