गृह मन्त्रालयले दिएको देश प्रहरी प्रधान कार्यालयले नमानेपछि हलचल भएको छ । गृहमन्त्री रवि लामिछानेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई प’क्राउ गर्न निर्देशन दिएका थिए।
तर, प्रहरीले वास्तै नगरेपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो। गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार एक विज्ञप्ति निकालेर महतोलाई पक्रा’उका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको जनाएका छन्।
‘प्रेम बहादुर विकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मी महतोसमेत भएको क’र्तव्य ज्या’न मु’द्दामा तारेख गुजारी फरा’र रहेका प्रतिवादी महोत्तरी जिल्ला साविक निगौल गाविस–५ भई हाल गौशाला नगरपालिका–२ निवासी लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्रा’उ गरी कार’वाही गर्न माननीय-
उपपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पका’उ नपरेको प्रति मन्त्रालयको ग’म्भीर ध्यानाकर्षण भएको छ’, गृहले भनेको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम प’क्राउ गरी तत्काल कार’वाही अगाडी बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।’
मधेश आ’न्दोलका क्रममा भएको झ’डपमा घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बु’लेन्सबाटै निकालेर ह’त्या गरेको अभि’योग महतोमाथि छ। महोत्तरी क्षेत्र नम्बर २ बाट मंसिर ४ मा निर्वाचित उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए। ह’त्या आरो’पित एमाले संसाद महतोले सांसद पदको शपथ लिइसकेका छन्।


