काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन जोसमा होस गुमाएर झन् आलोचित हुन थालेका छन् । मेयर पदको ख्यालै नगरी उनी असंयमित हुन थालेका छन् ।
शुक्रबार राति मात्रै चलचित्र निर्देशक तथा ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता विशाल भण्डारीले भ’त्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले गैर जेम्मेवारीपूर्ण जवाफ दिएका छन् ।
सार्वजनिक रुपमा प्रश्न गरेका भण्डारीलाई मेयर बालेनले व्यक्तिगत ला’ञ्छना र उनको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बि’काउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’
मेयर बालेनको यो जवाफमाथि सामाजिक सञ्जाल फेसबुकमा लामै बहस भएको छ । त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?
पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।
दोस्रो प्रश्नमा मेयर बालेन साहले थप आ’क्रामक हुँदै कमेन्ट गरेका छन् । निर्देशक भण्डारीलाई भाइ सम्बोधन गर्दै मेयर साहले म’दिरा पिएर लेखेको आरो’पमात्रै लगाएका छैनन् । प्रश्न गरेर दुस्ख दिएको बताएका छन् ।
मेयर साहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दा’रु खाएर रातिराति दुस्ख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?‘