त्रिभुवन विश्वविद्यालयले परीक्षाको मिति सारेको छ । विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नियमित र आशिंकतर्फको परीक्षा सारेको हो। शुक्रबार एक सूचना निकालेर परीक्षा नियन्त्रणका कार्यालयले २०७९ सालमा हुन लागेको स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सारेको जानकारी गराएको हो।
यसअघि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले फागुन १ गतेबाट परीक्षा हुने तालिका निकालेका अब भने चैत १६ गतेदेखि परीक्षा हुने भएको छ।
नियमिततर्फ
यो पनिः
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले डिप्लोमा वा सो सरहको प्रवेश योग्यताका लागि समग्रमा १.६ सी जिपिए प्राप्त गरेको र स्वस्थ्य तर्फ डिप्लोमा तथा प्रमाण पत्रका कार्यक्रममा प्रवेश योग्यता २.० सी जिपिए हुनुपर्ने जनाएको छ । शैक्षिक सत्र २०८० देखि लागु हुने गरी भर्नाका लागि प्रवेश योग्यता बमोजिम समकक्षता निर्धारण गरेको हो ।
परिषद्ले २०७८ साल भन्दा अगाडी देखि प्रदान गर्दै आएको समकक्षता प्रमाणपत्रमा कक्षा १० को एस्एलसी वा एसईई परीक्षामा जिपिए ४ मा समग्र सिजिपिए १.६ प्राप्त गरेका वा विदेशबाट पनि सो सरहको परक्षिा उत्तीर्ण गरी साही सरह ग्रेड वा अंक प्राप्त गरेको व्यक्तिले स्वस्थ्य संकाय बाहेकका डिप्लोमा अध्ययन गर्न पाउने व्यवस्था गरेको ।
त्यसैगरी स्वस्थ्य संकाय २०७८ साल भन्दा अगाडी देखि प्रदान गर्दै आएको समकक्षता प्रमाणपत्रमा कक्षा १० को एस्एलसी वा एसईई परीक्षामा जिपिए ४ मा समग्र सिजिपिए २.० प्राप्त गरेका वा विदेशबाट पनि सो सरहको परक्षिा उत्तीर्ण गरी साही सरह ग्रेड वा अंक प्राप्त गरेको व्यक्तिले डिप्लोमा प्रमाणपत्र तह स्वस्थ्य संकाय तर्फ अध्ययन गर्न पाउने व्यवस्था बाहेकका डिप्लोमा अध्ययन गर्न पाउने व्यवस्था गरेको छ ।