उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने एक्सनमा उत्रिएका छन् । चर्को आलोचनापछि गृह मन्त्रालयले कोइरीलाई प’क्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ ।
नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको जानकारी दिँदै प्रवक्ता राईले भने–‘छिट्टै समा’त्छौँ ।’
उनलाई पक्रा’उ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको बीचमा विवा’द देखिएको छ । माघ ६ मा गृह मन्त्रालयले कोइरीलाई प’क्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।
सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरीलाई पक्रा’उ गर्नेबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको थियो–‘उप प्रधानमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म प’क्राउ नपरेको प्रति मन्त्रालयको गम्भी’र ध्यानाक’र्षण भएको छ ।’
राष्ट्रसेवक कर्मचारी ह’त्या अभि’योगमा उच्च अदालत जनकपुरले कोइरीलाई थु’नामा राखेर मु’द्दाको पु’र्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वा’रेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सू’ची’मा छन् ।

