नेकपा एमालेका नेता भीम रावलमाथि कार’बाही गर्न माग गरिएको छ । राष्ट्रिय युवा संघ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले नेता रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कार’बाहीको माग गरेका हुन् ।
आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आ’रोप समेत लगाए ।
उनले भने, ‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ । पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्यौँ । तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबा’ही गरिनुपर्छ ।’
बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरूमा एकता हुन नसकेकाले कार’बाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।

