नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको खोजी तीव्र भएको छ । प्रहरीको फरार सूचीमा रहेका उनी प्रतिनिधिसभा बैठकमा सहभागी भइरहेको भन्दै प्रतिपक्ष कांग्रसले आवाज उठाएपछि गृहमन्त्री नै झस्किएका छन् ।
महोत्तरी–१ बाट निर्वाचित सांसद कोइरीले गत पुष ७ मा संसद्मा उपस्थित भएर पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यसैगरी, गत पुष २६ मा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा उपस्थित भएर विश्वासको मत दिएका थिए ।
सूरक्षाकर्मीकै ह’त्या आ’रोपमा अदालतले थु’नामा राखेर पु’र्पक्ष गर्न आदेश दिएको अभि’युक्त कोइरीलाई प्रहरीले चिन्दैन कि पक्रा’उ नगर्न दवाब छ सबैका लागि यो चासोको विषय बनेको छ ।
को हुन् कोइरी ?
कोइरी महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी निर्वाचनको बेला जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । मधेश आन्दो’लनका क्रममा आन्दो’लनकारीको कु’टाइबाट घा’इते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको ह’त्या मु’द्धामा उनलाई उच्च अदालत जनकपुरले राखेर पुर्प’क्ष गर्न आदेश दिएको थियो ।
घाइते सशस्त्र प्रहरीका सहायक निरीक्षक विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर ह’त्या गरिएको थियो । उच्च अदालतको आदेशपछि उनी प्रहरीको फरा’र सूचीमा छन् ।

