नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत ७ दलीय वर्तमान सत्ता गठबन्धन फुट्न सक्ने देखिएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै सत्ता गठबन्धनमा शं’सय पैदा भएको थियो ।
अब हुने राष्ट्रपतिको निर्वाचनले सत्ता गठबन्धनको भविष्य निर्धारण गरेको समेत बताइन्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका हुने आशंका माओवादीका नेताहरुमा ब्याप्त छ।
तर तत्काल गठबन्धन तोडेर जाँदा सबैतिरबाट अविश्वसनीय भइने भयले सशंकित रहेको माओवादीलाई कांग्रेसले पाँचै वर्ष साथ दिने दाबी गर्दै आश्वस्त पार्ने प्रयत्न जारी राखेको छ।
एमाले कुनै हालतमा राष्ट्रपति नछाड्ने पूर्ववत अडानमा यथावत रहेको छ। कांग्रेसले यही बुझेर माओवादीलाई विश्वस्त तुल्याए आफ्नो भागमा राष्ट्रपति आउने आशयले भरमग्दुर प्रयत्न जारी राखेको छ।
विगतको सत्ता साझेदारी र कांग्रेससँग गरिएको सहकार्यको बदलामा राष्ट्रपति दिन तयार रहेपनि वर्तमान गठबन्धन कायम रहेसम्म एमाले तयार नहुने हुँदा प्रधानमन्त्री प्रचण्ड निर्णय लिन चरम सं’कटमा रहेका छन्।
स्रोतका अनुसार राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार रहेको छ। थप विश्वसनियता प्रदान गर्न लिखित सहमतिसमेत गर्न कांग्रेस तयार रहेको छ।