वामपन्थी तथा एमाले छोडेका नेता घनश्याम भुसाल केही दिनअघि एकीकृत समाजवादी प्रवेश गरे । नेतृ रामकुमारी झाँक्रीले माधव नेपाललाई यसअघि नै साथ दिएकी थिइन । तर, जब भुसाल एसमा आउने निर्णयमा पुगे अनि झाँक्री रुष्ट बनिन ।
भुसाललाई एसले महासचिव बनाउने तयारी गरेको छ । महासचिव बनाउने सर्तसहित भुसाललाई भित्र्याएको एसका नेताहरु बताउँछन् ।
माधव नेपालसँग रिसाएकी झाँक्रीले भुसाल आएको रुचाइनन् । त्यसकारणले भुसाल एसमा प्रवेश गर्ने दिन सचिवसमेत रहेकी झाँक्री पोखरातिर लागिन् । भुसाल आउने निश्चित भएपछि नै झाँक्री पोखरातिर लागेकी थिइन् ।
भुसाल आउने कार्यक्रममा देखिनुपर्छ भनेर झाँक्री पोखरातिर लागेको चर्चा छ । हुन पनि अहिलेसम्म भुसाललाई झाँक्रीले न स्वागत भनेर केही बोलेकी छिन् न भेटघाट नै गरेकी छिन् ।
झाँक्री विक्षिप्तझैं काठमाडौं बाहिरतिर नै हिंडिरहेकी छिन् । चुनाव हारेपछि बरु एमाले प्रवेशको वातावरण बनाउन खोजिरहेकी झाँक्रीलाई अध्यक्ष केपी ओलीले सजिलै स्वागत गर्ने संभावना पनि छैन । एसमा पनि बस्न सक्ने÷नसक्ने दोसाँधको अवस्थामा पुगेकी झाँक्री छिट्टै एमालेमा जाने अवस्थामा छैनन् ।

