प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ बानेश्वरस्थित संसद् भवनबाट निस्कनेबित्तिकै एक युवकले आ’त्मदा’ह गर्न खोजेका छन् । आज संसद बैठकपछि प्रचण्ड सवार गाडी आउने हुने बेला उनले पे’ट्रोल छर्केर आत्मदा’हको प्रयास गरेका हुन् ।
सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदा’ह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार उनी ‘घाइते भएका छन् । उनलाई उप’चारका लागि ब’र्न अस्पताल कीर्तिपुर पठाइएको छ । उनी ३६ वर्षीय उनका युवा हुन् ।
आ’गोले शरीरको धेरै भाग ज’लेकाले उनलाई नजिकैको बा. २ ज २९६५ नम्बरको ट्याक्सीमा राखेर राष्ट्रिय ट्र’मा सेन्टर लगिएको छ ।