राजधानीका विभिन्न ठाउँमा अवैध रूपमा बसेका सुकुम्बासीलाई हटाउने अडानमा रहेका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले ती वस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग माग गर्नुभएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गर्दै सुकुम्बासी बस्ती हटाउने महानगरको योजनामा साथ दिन आग्रह गर्नुभएको थियो । गृह मन्त्रालयमा भएको भेटमा महानगरभित्रको समस्याको रूपमा रहेको सुकुम्बासी समस्यालाई समाधानमा सहयोग मेयर साहले मन्त्री लामिछानेलाई आग्रह गर्नुभएको थियो ।
छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताउँदै समस्या साधानका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल गरेर मात्रै अगाडि बढ्न मेयर साहलाई सुझाव दिनुभएको थियो । नेपाल समाचारपत्रबाट ।

