रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
सर्वोच्च अदालतले गैरनागरिक ठ’हर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठ’हर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि उनको क्षेत्रमा उपनिर्वाचन हुने भएको छ ।
उनको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत आजैका मितिबाट खारेज भएको छ ।