निवर्तमान गृहमन्त्री तथा उपप्रधानन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सर्वोच्च अदालतको फैसलापछि मुख खोलेका छन् । उनले अदालतको फैसलाको पूर्ण स्वागत गर्ने बताएका छन् ।
गृहमन्त्रालयबाट बाहिरिदैँ आज साँझ अदालतको फैसलापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु’, उनले भने, ‘सर्वोच्च भन्दा माथिल्लो निकाय पनि कुनै छ र ?’
उनले अदालतको फैसलासँगै आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहेको बताए । अब परिवर्तनको आ’न्दोलन कसरी अघि बढ्छ भन्ने प्रश्नमा उनले सबै प्रश्नहरुको आफूसँग अहिले जवाफ नरहेको बताए । उनले आफूलाई अनागरिक बनाइएको पनि बताए ।