विर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता लिएर उपनिर्वाचन लड्न सक्ने बताइएको छ । शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले यस्तो बताएका हसुन् ।
उनले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताए। कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा दिन नहुने उनले बताए ।
नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने पनि बताएका छन् । सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा यसअघि भएको सहमतिअनुसार एमालेले नै उम्मेदवार खडा गर्ने बताए ।
राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उनले बताए । नेम्वाङले राष्ट्रपतिका विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे ।