पछिल्ला दिनमा राजनीतिक घटनाक्रम परिवर्तित हुने भाष्य निर्माणको प्रयास भइरहेको छ । २०७९ को राष्ट्रपतिको चुनावमा अहिलेको एमाले र माओवादी केन्द्रको गठबन्धनलाई भत्काउने प्रयासमा रहेको कांग्रेसका कारण सुरुमै सरकारले अस्थिरता अनुुभूति हुने गरेको छ । कांग्रेसको यो दाऊमा बाबुुराम भट्टराई र माधव नेपालले च्याँखे थापेका छन् ।
अहिलेको गठबन्धन भत्काउने रणनीतिमा रहेको कांग्रेसले आफूहरुलाई राष्ट्रपतिमा प्रस्ताव गर्दा माओवादी केन्द्र अप्ठ्यारोमा पर्ने र एमालेसँगको गठबन्धन भत्किने अनि आफूहरु राष्ट्रपति भइने सोचमा देखिन्छन् । बाबुराम भट्टराई र माधव नेपालले च्याँखे दाऊ थापेपछि परिस्थिति अलिक भिन्न बन्न सक्ने पनि टिप्पणी हुन थालेको छ ।
आफ्ना सांसदहरु भ’ड्किने त्रासले माधव नेपालले आफ्नो पार्टीका नेताहरुसँग यो गठबन्धन धेरै समय नटिक्ने र त्यसबीचमा आफूूहरु बलियो बन्ने पनि बताउने गरेका छन् । माधव नेपालमा आत्मविश्वासको जुन तह देखिएको छ, त्यसको जग चाहिँ त्यही कांग्रेसले राष्ट्रपतिमा आफूलाई उम्मेदवार बनाउन सक्ने आधारलाई मानिएको छ ।
नेपालले मनको लड्डु घ्यूसँग त्यसरी नै खाइरहेको टिप्पणी नेताहरुले गर्न थालेका छन् । आफूलाई कांग्रेसले प्रस्ताव गरेमा माओवादीले साथ दिने नेपाल विश्वासमा देखिन्छन् । नेपालले आफ्नो राजनीतिक अवतरण सहज हुने पनि त्यही आधार देखेका छन् ।
यता, नेपालको राजनीतिमा अवसर छोप्ने अस्थिर मनस्थितिका खेलाडी डा. बाबुराम भट्टराईले पनि त्यस्तै चाहना राखेका छन् । बाबुराम भट्टराई पनि राष्ट्रपति पदको आश गरेर बसेका छन् ।
कांग्रेसले डा. भट्टराईलाई अगाडि सारेको अवस्थामा प्रचण्डको साथ हुने र राष्ट्रपति हुन सकिने चर्चा गरिएको छ । बाबुराममा देखिएको त्यो आशका कारण पनि उनले मनमनै लड्डु खाने आश भन्ने चर्चा पनि हुने गरेका छन् । -साँघु साप्ताहिकबाट