गायक प्रमोद खरेलको कार्यक्रममा ल’फडा भएको छ । धनकुटा महोत्सवमा खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनि’यन्त्रित भी’डमा परी २५ जनाभन्दा बढी घाइ’ते भएका छन् ।
धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठे’लमठेल हुँदा सो घटना भएको हो । घाइ’तेको धनकुटा अस्पतालमा उपचा’र हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको छ ।
धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीका अनुसार घा’इते ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ ।
निमित्त प्रजिअका अधिकारीले घाइ’तेलाई अस्पताल पु¥याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताए । यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो ।