काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को पद धरापमा परेको छ । उनलाई निर्वाचन आयोगले जरिवाना बुझाउने समय फागुन मसान्तसम्म दिएको छ । त्यो नामानेमा उनीमाथि कार’वाही गर्ने तयारी छ ।
निर्वाचन खर्च समयमा नबुझाएपछि तोकिएको जरि’वाना ६ महिनाभित्र बुझाउनु पर्ने कानुनी व्यवस्था छ । उनले फागुन मसान्तभित्र रकम नबुझाए पद खारेज हुनेछ । त्यसपछि उपनिर्वाचन हुन्छ ।
पौडेलका अनुसार निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्छ । साहले निर्वाचनपछि सामाजिक सञ्जालमा भने खर्च विवरण सार्वजनिक गरेका थिए । साहले फेसबुकमा ३ लाख ९४ हजार खर्च भएको उल्लेख गरेका थिए ।
स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार शाहले तोकिएको समयमा खर्च विवरण नबुझाएपछि आयोगले साढे सात लाख रुपैयाँ जरिवा’ना तोकेको छ । तर शाह जरि’वाना नर्तिने अडानमा छन् । मङ्सिर २८ गते शाहले जरि’वाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
यता, निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नु पर्नेमा ३० औँ दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट पेस गरेको बालेनको दाबी छ । हालै मात्र नेपाली नागरिकता बिना मन्त्री बनेको भन्दै रवि लामिछानेको गृहमन्त्री पद सर्वोच्च अदालतले खारेज गरेको छ ।