सर्वोच्च अदालतले शुक्रबार गरेको फै’सलामा रवि लामिछाने नेपाली नागरिक नरहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्री, सांसद, पार्टी सभापतिसहितको पद त गुमाए नै उनीमाथि अर्को तनाव पनि थपिएको छ । फैसलासँगै लामिछानेको विवाह दर्ता पनि कानूनी रुपमा बदर भएको छ ।
रवि र निकिता पौडेलले पुरानो नागरिकताको आधारमा ‘कोर्ट म्यारिज’ गरेका थिए । अभिलेख अनुसार रवि र निकिताबिच २०७७ साल माघ ८ गते काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ भएको थियो।
कानूनी रुपमा नभएपनि सामाजिक र सांस्कृतिक हिसावले भने उनीहरु श्रीमान श्रीमती हुन सक्छन् । वैधानिक रुपमा पुनस् श्रीमान(श्रीमती बन्नका लागि भने अब आधिकारिक नागरिकता लिएपछि पुन: विवाह दर्ता गर्नुपर्नेछ ।
शुक्रबारको फैसलामा रविले अमेरिकी नागरिकता परित्याग गर्दा गृहमन्त्रालयमा जानकारी नगरिएको र विदेशी नागरिकता लिँदा स्वत: नेपाली नागरिकता सक्रिय हुने तर्कसहित नेपालमै रहँदै आएका थिए ।
कानून अनुसार विदेशी नागरिकता परित्याग गरेको अवस्थामा उक्त विषय गृह मन्त्रालयमा जानकारी गराउनु पर्ने र पुन: नागरिकता लिनका लागि निवेदन दिनुपर्ने व्यवस्था उल्लेख छ ।