कर्णाली प्रदेशका केही जिल्लाका स्थानीयमा ठूलो भूकम्प आउने हल्ला भन्दै भ्रम छरिएको छ । मुगु, हुम्ला, जुम्ला लगायतका जिल्लामा यस्तो हल्ला चलेपछि स्थानीयहरु झस्किएका हुन् ।
भूकम्प आउने हल्लापछि मान्छेहरु राति नै घरबाहिर निस्कएर रातभर बाहिरै बसेको त्यहाँ स्थानीयले बताएका छन् । मुगुको सदरमुकाम गमगढीका एक स्थानीयका अनुसार गमगढीर आसपासका क्षेत्रमा रातभर सडकमा मान्छेहरुले भरिभराउ थियो ।
स्थानीयहरु राति नै सडकमा निस्केर चोक तथा खाली ठाउँमा जम्मा भएका थिए । थुप्रै जना बालबालिकासहित बाहिर निस्किएका थिए । जम्मा भएर आगो बालेर तापेर बसेका थिए । भूकम्प आउने हल्ला कसले फैलयो भन्ने कसैलाई थाहा नभएको ती स्थानीयको भनाइ छ।
अहिले कर्णाली प्रदेश सरकारले भूकम्प आउने हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको जानकारी दिएको छ ।